शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

राष्ट्रपति पौडेलले बोलाए प्रधानमन्त्री सुशीला कार्कीसहितको सर्वदलीय बैठक

राष्ट्रपति पौडेलले बोलाए प्रधानमन्त्री सुशीला कार्कीसहितको सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई सर्वदलीय बैठकका लागि आह्वान गरेका छन्।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको तर सरकारले राजनीतिक दलहरूसँग संवाद अघि नबढाएको अवस्थामा राष्ट्रपतिले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका शीर्ष नेताहरूलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन्। बैठकमा आसन्न निर्वाचनका तयारी, राजनीतिक सहमति र राष्ट्रिय परिस्थितिबारे छलफल हुने बताइएको छ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। भेटमा राष्ट्रपतिले सरकारलाई चुनावका लागि अनुकूल वातावरण निर्माण गर्न सुझाव दिएका थिए।

प्रधानमन्त्री कार्कीले त्यस क्रममा निर्वाचन आयोगले तयारी अघि बढाइरहेको र सरकार पनि आवश्यक समन्वयमा जुटिरहेको जानकारी राष्ट्रपतिलाई दिएकी थिइन्।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend