शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

तिहारका लागि काठमाडौं महानगरको ३२ केन्द्रबाट फूलको बिक्री गरिँदै

तिहारका लागि काठमाडौं महानगरको ३२ केन्द्रबाट फूलको बिक्री गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका बिभिन्न ३२ केन्द्रबाट बिक्री बितरणको व्यवस्था गरेको छ ।

तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्री वितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पु-याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगाएतका ३२ स्थानलाई बिक्रीस्थल तोकिएको उनले बताए । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत उनले जानकारी दिए ।

उनले तिहारमा स्वदेशी फूलको सहज रुपमा बिक्रिबितरणको व्यवस्था गर्न महानगर प्रमुखले निर्देशन दिएको उल्लेख गरे । नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने पाण्डेले बताए ।

कार्तिक १ देखि ६ गतेसम्म सहज रुपमा स्वदेशी फूलको बिक्रिबितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढिको फूलको कारोबार हुने अनुमान छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend