२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

काठमाडौं प्रशासनले एमालेको युवा संघलाई दिएन प्रदर्शनको अनुमति

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते शनिबार काठमाडौंमा गर्ने भनिएको मोटरसाइकल र्‍यालीमा काठमाडौं प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी दिएका हुन् । यद्यपि, प्रशासनको सूचनामा कुनै निश्चित सूमह भने तोकिएको छैन ।

अहिलेको अवस्थामा र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता हुने भएकाले प्रदर्शनको अनुमति नदिइने प्रशासनको भनाइ छ ।

युवा संघले देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले शनिबार मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिनका लागि पनि र्‍यालीको आयोजना गरिएको युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट