काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन पार्टी र तीन नेता उस्तै हो भन्ने भाष्य निर्माण गरिएकोप्रति गुनासो गरेका छन् ।
शुक्रबार प्रेस सेन्टरले काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले भने, 'यसरी खबरदारी गर्ने दल र मलाई पनि उही डालोमा हाल्दा चित्त दुखेको छ । म लिडरसिप छोड्न तयार भएको र ज्यान जाला छोड्दिन भन्ने पनि उस्तै हो र ?’ उनले प्रश्न गरे ।
पार्टीको प्रमुख नै भइरहनुपर्छ भन्ने पक्षमा आफू नरहेको भएपनि 'रिटायर्ड लाइफ' भने नबिताउने उनले स्पष्ट पारे । ‘रिटायर्ड लाइफ त बिताउन्न तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन' उनले भने।
प्रचण्डले छलफलका क्रममा वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको उनले जिकिर गरे ।
‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधनरपरिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’
साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस