२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

एक महिनापछि सार्वजनिक भए रमेश लेखक, जेनजी आन्दोलनमा गोली हान्ने आदेश नदिएको दाबी

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको प्रदर्शनमा गृहमन्त्रीको हैसियतले बल प्रयोग गर्न आदेश नदिएको जिकिर गरेका छन् ।

जेनजी आन्दोलनको एक महिनापछि आज पहिलोपटक सार्वजनिक भएका उनले नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पत्रकारमाझ ब्रिफिङ गरेका हुन् ।

‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’ उनले भने ।

आन्दोलनका क्रममा दु:खदायी र पीडादायी घटनाहरु भएको भन्दै उनले ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली दिए ।

जेनजी आन्दोलनमा १९ युवाहरूको गोली लागेर निधन भएपछि त्यही दिन लेखकले राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी मातृशोकमा परे । काजकिरियाको काम सकाएपछि लेखक आज सार्वजनिक भएका हुन् ।

उनले अहिले उत्तेजित हुने र आग्रह-पूर्वाग्रह एवं प्रतिशोध राख्ने समय नभएको पनि स्पष्ट पारे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट