२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा कुन दलबाट को-को सहभागी ?

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गरेका छन्।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू सहभागी छन् । त्यस्तै, नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्।

ष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी छन्।

राप्रपाबाट ज्ञानेन्द्र शाही र मीना लामा, एकीकृत समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाल सहभागी भएका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद भएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट