काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारी आह्वानको तयारी गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको सो पार्टी सचिवालयको बैठकले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।
त्यस्तै बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलाई गर्न दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस