शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

नेपाल सामु जापानले दियो १३२ रनको लक्ष्य

नेपाल सामु जापानले दियो १३२ रनको लक्ष्य

काठमाडौं । आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा जापानले नेपाल सामु १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो।

जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। उनीहरुबीच ८६ रनको साझेदारी भएको थियो।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिए ।

दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend