२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

यो सरकार मान्दिन भन्ने ओलीको तर्कमा कुनै तुक छैन : प्रचण्ड

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्दका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको सरकार मान्दिन भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालिन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिन भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन् । आफुहरु उक्त प्रक्रियाको साक्षी भएको उनले बताए ।

त्यस्तै प्रचण्डले जेनजी आन्दोलनका क्रममा भूराजनीतिक शक्ति सन्तुलनले आफुहरु बचेको र धेरै ठूलो क्षति पनि भू–राजनीतिक चलखेल कै कारण भएको जिकिर गरे ।

उनले युवा पुस्तालाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिबाट चूनावका साथै संविधान सशोधनका लागि सवै राजनीतिक दलहरु एक हुनुपर्ने भएपनि अहिले पनि त्यस्तो अवस्था नदेखिएको बताए ।

देशको संकट समाधानका साथै निर्वाचन सफल पार्नका लागि सवै एकजुट हुनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रचण्डले जनेजी आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि अनुसन्धान गरी कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट