शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

मोटरसाइकल र्‍याली गर्ने अनुमति दिन सरकारलाई युवा संघको अल्टिमेटम

मोटरसाइकल र्‍याली गर्ने अनुमति दिन सरकारलाई युवा संघको अल्टिमेटम

काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघले आफूहरुलाई २४ घण्टाभित्र मोटरसाइकल र्‍याली गर्न अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ ।

राष्ट्रिय युवासंघका अध्यक्ष अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र (आगामी आइतबारसम्म) आफूहरुलाई मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिइएको खण्डमा सरकारको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।

मोटरसाइकल र्‍याली आयोजना गर्न काठमाडौं प्रशासनले रोक लगाएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थेबेले आफुहरु सडकमा ओर्लिएर सरकारको विरुद्धमा लाग्ने हो सरकारले रोक्न नसक्ने बताए । आफुहरुको र्‍याली रोकेर सरकारले मौलिक हकमा बन्देज लगाएको अध्यक्ष थेबेको भनाइ छ । उनले शान्ति स्थापना र नागरिकको रक्षाका लागि आफूहरुले गर्न लागेको मोटरसाइकल र्‍याली रोकेर सरकारले लोकतन्त्रको धज्जी उठाएको बताए ।

उनले अधिनायक र निरङ्कुशतावाद हाबी हुन थालेको भन्दै सच्चिनका लागि सरकारलाई सुझाव दिए । आफूहरुले सुशान, विधिको शासन र कानूनी राज्य मानेकाले सरकारले लगाएको रोकलाई स्वीकार गरिएको उनको भनाइ छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend