२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

एमाले अध्यक्ष ओली अस्वस्थ, सचिवालय बैठक आइतबार सारियो

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको कारण स्थगित भएको छ। शनिबार बस्ने भनिएको बैठक अब आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएको छ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन चाँडै सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। बैठकले महाधिवेशनमार्फत हाल उठेका सबै प्रश्नको समाधान खोज्ने र पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने निष्कर्ष निकालेको थियो।

त्यसैगरी, हिजोको बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे समेत समीक्षा गरिएको थियो। बैठकले सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दलमाथि निषेध नगरी एकता बनाइ अघि बढ्नुपर्ने र देशभर एकताको वातावरण सृजना गर्नुपर्ने सिफारिश गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट