शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

मन्त्री घिसिङद्धारा विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण एवम् राहत वितरण

मन्त्री घिसिङद्धारा विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण एवम् राहत वितरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।

मन्त्रीसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको टाेलीले प्रभावित क्षेत्रहरुको निरिक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो ।

गत असोज १७, १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरुको निरिक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दा छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भईरहेको बताए । साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुर्नस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरु मिलेर अगाडी बढाईने समेत बताए ।

पहिरोका कारण ईलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए ।

उक्त विस्थापित परिवारको अस्थाई आवासको निरिक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले भने, ‘सरकार तपाईहरुको साथमा छ, पुर्नस्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाईने छ ।’

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend