२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

पार्टीको विभागहरूमा अनिवार्य रुपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने कांग्रेस युवाको माग

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेपाली कांग्रेस आवद्ध युवाहरुले पार्टीको विभागहरूमा अनिवार्य रुपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा धर्ना दिदै उनीहरुले पार्टीको विभागहरूमा अनिवार्य रुपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् । सबै तहका निर्वाचनहरूमा कम्तिमा पनि ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक उम्मेदवारको रुपमा अगाडि बढाउनुपर्ने व्यवस्थाको विधानमै उल्लेख गराउनुपर्ने उनीहरको माग छ ।

त्यस्तै जेन्जी उमेर समूहमा कम्तिमा २५% क्रियाशील सदस्य पुर्याउन क्रियाशील सदस्यता वितरणलाई तीव्र अगाडि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् भने निवर्तमान समितिका सभापति, पदाधिकारी तथा सदस्यहरू समेत स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा आउने व्यवस्थाको अन्त्य गरी चलायमान र जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्ने आफुहरुको माग रहेको नेविसंघ केन्द्रीय सदस्य आकाश उप्रेतीले जानकारी दिए ।

उनीहरुले पार्टीको क्रियाशील सदस्यता वितरण निश्चित मापदण्ड तयार गरी खुला रुपमा जुनसुकै समय लिन सकिने गरी सहज र प्रविधि मैत्री बनाउने माग राखेका छन् भने पार्टी सञ्चालन र सरकार सञ्चालन फरक विषय भएको हुँदा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी प्रदान नगर्न विधानमा व्यवस्था गर्नुपर्ने जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट