काठमाडौं । नेपाली काग्रेसका नेता डा. शशांक कोइरालाले कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले केन्द्रिय समिति बिघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यबहाक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन् ।
कार्यबहाक सभापतिले नै नियमित महाधिवशेनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको उनको भनाइ छ । उनले आगामी मंसिरमा हुने गरि पार्टीको महाधिवेशनको मिति तय हुन सक्ने उल्लेख गरे ।
त्यस्तै कोइरालाले निर्वाचनका लागि कांग्रेस तयार रहेको भन्दै अन्य दलसंग पनि पार्टीले संवाद गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस