काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा जारी छ ।
शुक्रबारदेखि शुरू भएको सचिवालय बैठक हिजो अध्यक्ष केपी ओली अस्वस्थ भएकाले स्थगित भएको थियो ।
आजको बैठकले महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाउने छ ।
१८ सदस्यीय सचिवालयमा शक्रबार ९ जनाले बोलेका थिए । आज बाँकी ९ जनाले कुरा राख्ने छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा जेनजी आन्दोलन र पार्टीको केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस