२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्षको भेट, के भयो कुराकानी ?

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका बिषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसंग छलफल गरेका हुन् । छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसंग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने बिषयमा पनि परामर्श भएको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थीत संसद भवन ध्वस्त भएको थियो । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री कार्कीसंग राष्ट्रिय सभामा रहेका बिधेयकहरुका बारेमा समेत छलफल भएको उनले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थीतिमा सवै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको अध्यक्ष दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट