काठमाडौं । जनकपुर बोल्ट्सले दोस्रो चरणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
जनकपुरले सामाजिक सन्जालमार्फत चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
उनीसँग आईपिएल, सिपिएल जस्ता विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ । उनले सन् २०२२ मा अमेरिकाको सिनियर महिला टोली र यू(१९ महिला टोलीको जिम्मेवारी सम्हालेका थिए ।
चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट खेलेका थिए । उनले वेष्ट इन्डिजबाट १६४ टेष्ट, २६८ एकदिवसीय र २२ टी-२०आई खेल खेलेका छन् ।
जनकपुर एनपिएलको पहिलो संस्करणको च्याम्पियन टोली हो । त्यसबेला जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend