शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

प्रचण्ड सचिवालयले पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा दियो उजुरी

प्रचण्ड सचिवालयले पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा दियो उजुरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।

सुवेदीले एक अन्तर्वार्तामा प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले आइतबार साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।

प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा जाहेरी बुझाइएको हो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend