काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सोमबार पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो । जसअनुसार आज सुन हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज प्रतितोला सुन २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
महासंघले शनिबार ३ हजार बढाएर सुनको मुल्य तोकेको थियो। शनिबार सुन प्रति तोला २ लाख ३८ हजार रुपैयाँमा करोबार भएको थियो।
आइतबार सुन प्रति तोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २३० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरी बढेको छ। सोमबार सुन प्रति औंस ४०५७.२८ डलर र चाँदी प्रति औंस ५१.६ डलर रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend