२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न नेविसंघको माग

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चूनाव भन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरुको भावनालाई बुझ्दै निर्वाचन अघि महाधिवेशन गरेर पार्टीलाई शुद्धिकरणतर्फ अघि बढाउन माग गरे । उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासन र पारदर्शीता गर्ने उदेश्यका साथ पार्टीका सवै तहमा बसेका व्यक्तिको सम्पतिको अध्यावधिक विवरण प्रत्येक बर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्वन गर्न समेत माग गरे ।

जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र वेतिथी विरुद्धको आवाजलाई संस्थागत अभियानका रुपमा अघि बढाइने उनले बताए । अध्यक्ष शेर्पाले जनेजी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्री छानविनको क्रममा दोषि देखिए कारवाही हुनुपर्ने र काठमाडौं महानगर प्रमुख बालेन शाहमाथि पनि छानविन गरि दोषि देखि कारवाही गर्नुपर्ने बताए ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेर बहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारवाही गर्न माग गरे । नेविसंघले देशको शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरुको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट