काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । आज मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको छ ।
जस अनुसार सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार प्रतितोला सुन दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend