२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कांग्रेसमा विशेष महाधिवेशन माग्दै २ हजार ४६४ ले गरे हस्ताक्षर, पार्टीलाई बुझाउने तयारी

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेको संख्या २ हजार ४६४ पुगेको छ । उक्त हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ ।

मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठक अघि हस्ताक्षर पेश गरिने केन्द्रीय सदस्य मधु आचार्यलेने जानकारी दिए । हस्ताक्षर अभियानमा रहेका आचार्यका अनुसार १४औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन्।

उनका अनुसार ७७ वटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनले भने – “कुनै जिल्लाका कम र कुनै जिल्लाका बढी होलान् तर सबै जिल्लाका प्रतिनिधिको हस्ताक्षर रहेको छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट