२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा, पुगे पार्टी कार्यालय

मंगलवार , आश्विन २८, २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवा पहिलो पटक पार्टी कार्यालयमा पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनीमाथि आफ्नै निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो ।

सो क्रममा घाइते भएका देउवा त्यसपछि पहिलो पटक आज (मंगलबार) पार्टी कार्यालयमा सार्वजनिक भएका हुन् ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा भाग लिन सभापति देउवासँगै उनकी पत्नी आरजु राणा देउवा पनि उपस्थित भएकी छन् ।

देउवा दम्पती पार्टी कार्यालयमा उपस्थित भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट