काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
जेनजी आन्दोनपछि पहिलो पटक सार्वजनिक भएका देउवाले मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई हस्तान्तरण गरेको बताएका छन् ।
उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए।
“१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,” देउवाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस