२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सभापति देउवाले दिए जेनजी शहीदहरुलाई श्रद्धाञ्जली

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनपछि आज (मंगलबार) पहिलोपटक सार्वजनिक भएका देउवाले गत २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले भने, ‘भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । दुस्खद यस घडीमा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते भएका सबैमा स्वास्थ्य लाभको कामना गर्दछु ।’

सानेपामा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा भाग लिन उनी पत्नी आरजु राणा देउवासहित पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट