काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
गत भदौ २४ गते निवासमै जेनजी प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि पहिलोपटक सार्वजनिक भएका उनले मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताएका हुन् ।
उनले आगामी १५औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भन्दै द्विविधा नपर्न आग्रह गरे ।
त्यस्तै, उनले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरे । चुनाव हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुने पनि उनले बताए ।
प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस