२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

देश र जनताको पक्षमा सकेको योगदान दिए, जीवन रहेसम्म समर्पित हुनेछु : देउवा

मंगलवार , आश्विन २८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको बताउँदै आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताएका छन् ।

मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते निवासमै प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि पहिलोपटक पार्टी कार्यालय सानेपाबाट सार्वजनिक भएका थिए ।

केन्द्रीय कार्यसमितिको बैठकमा उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए ।

त्यस्तै, उनले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरे । चुनाव हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुने पनि उनले बताए । प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गतेलाई तोकिएको छ ।

साथै, देउवाले गत भदौ २३ र २४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको र घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट