२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

देउवाको दाबी : 'मेरो घरमा पैसा जलेको भिडियो एआईको प्रयोग गरेर बनाइएको हो, फेक हो'

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निजी निवासमा देखिएको पैसा जलेको भिडियो फेक रहेको दाबी गरेका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘मेरो घरमा पैसा जलेको भन्ने भिडियो अहिले सामाजिक सञ्जालहरुमा आइरहेको छ । अरु देशको भिडियोहरुबाट तानेर ल्याएर मलाई देखाएर हाल्दिएछ ।’

उनले उक्त भिडियो एआईको प्रयोग गरेर बनाइएको बताए । यस सम्बन्धमा छिटै छानबिन गर्न पनि उनले आग्रह गरे ।

जेनजी आन्दोलनका क्रममा देउवाको घरमा आगलागी हुँदा पैसा जलेको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट