२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशन आयोजना हुन्छ : प्रकाशशरण महत

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशन आयोजना हुने जनाएको छ ।

मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउदै महाधिवेशन गर्न सभापतिले दिएको निर्देशन अनुसार केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाउने बताएका हुन् ।

कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनले बताए ।

प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टीको एकता सवै भन्दा बढि महत्वपूर्ण कुरा रहेको उल्लेख गरे । पार्टी सभापतिले कार्यबाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको उनको भनाइ छ ।

महतले पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले निर्वाचनका बारेमा अन्यौल र अस्थीरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद पुर्नस्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे । महतले वर्तमान सरकार निर्वाचनमा केन्द्रीत हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रीत भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट