काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डीएनए परीक्षणमार्फत उनकै भएको दुःखद समाचारले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
उनले विपिनको अपहरणपश्चात उनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको बताए ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘यस दुःखद् घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु । यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस