२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, राजनीतिक प्रतिवेदन र महाधिवेशन एजेन्डामा छलफल हुने

बुधवार , आश्विन २९, २०८२

ललितपुर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको जावलाखेलमा सुरु हुँदैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे प्रारम्भ हुनेछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। सो प्रतिवेदनसहित राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल मुख्य कार्यसूचीमा रहेको गौतमले जानकारी दिए।

आसन्न राष्ट्रिय महाधिवेशनसम्बन्धी एजेन्डा पनि बैठकमा उठ्नेछ। पार्टीले महाधिवेशन मंसिर महिनाको अन्तिम सातासम्म गर्ने निर्णय गरिसकेको भए पनि मिति र स्थानबारे टुंगो यसै बैठकबाट लगाइने जनाइएको छ।

यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट