२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सर्वदलीय बैठक सुरु, सभामुख घिमिरेले संसद् विघटनबारे धारणा संकलन गर्दै

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनबारे विचार लिन सर्वदलीय बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ। बैठकमा प्रतिनिधि सभामा रहेका सबै दलको धारणा संकलन गर्ने प्रक्रिया जारी छ।

सभामुख घिमिरेले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जानुपर्छ कि जानु पर्दैन भन्ने विषयमा दलहरूको राय बुझाउन बैठक आयोजना गरेका हुन्। विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

यसका साथै जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी पनि सहभागी छन्। रास्वपा भने छलफलमा अनुपस्थित रहेको छ।

दलहरूको धारणा संकलन पछि सभामुख पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गर्ने तयारीमा छन्। प्रतिनिधि सभा विघटन विरुद्ध अदालत जाने वा नजाने सम्बन्धमा सरोकारवालाहरूबाट दुवै खाले सुझाव प्राप्त भएको छ।

सभामुखले दल, पूर्वमहान्याधिवक्ता र बारका पदाधिकारीको राय लिएर अन्तिम निर्णय लिने प्रक्रिया अघि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट