काठमाडौं। सभामुख देवराज घिमिरेको आह्वानमा संसद् विघटनबारे विचार लिन सर्वदलीय बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ।
यद्यपि, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीसहितका चार दल भने सहभागी भएका छैनन् । बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित भएका हुन् ।
बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिए ।
सभामुख घिमिरेले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जानुपर्छ कि जानु पर्दैन भन्ने विषयमा दलहरूको राय बुझाउन बैठक आयोजना गरेका हुन्।
प्रतिक्रिया दिनुहोस