२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

केन्द्रीय कमिटी बैठकस्थलमा पुगे अध्यक्ष ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली केन्द्रीय समिति बैठकमा भाग लिनका लागि बैठकस्थल पुगेका छन् ।

राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर उनलाई जावलाखेलसम्म पुर्याएको हो।

जावलाखेल स्थित पार्टी प्यालेस (रामबाग महल) मा एमालेको केन्द्रीय समितिकै बैठक बस्दै छ ।

केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुगिरहेका छन्। जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशनको मिति तय गर्नेछ।

सचिवालयको ५८औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट