२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, प्रभावकारी ढंगले रोक्नुपर्छ : अध्यक्ष ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् ।

बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रान्तितिर धकेलिएको बताउँदै यसलाई प्रभावकारी ढंगले रोकेर शान्तिपूर्ण रुपमा अगाडि लानुपर्ने बताए ।

‘यदि हामीले प्रभावकारी रोक्न सकेनौँ भने देश त्यतातिर धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ । यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्नेछ ।’ ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको पनि जिकिर गरे ।

‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’ उनले भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर ? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’

उनले एमाले स्थापनाकालदेखि कम्युनिस्ट आन्दोलनको मूलधारमा रहँदै आएको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट