२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटर्वार्ता

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा सम्पन्न हुँदैछ ।

उक्त महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आइपियुको महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रियसभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए ।

त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट