काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नबिग्रिएको बताएका छन् । आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपयले ओली अझै सप्रिएन भन्ने गरेको बताउँदै आफू कहिल्यै पनि नबिग्रिएको बताए ।
उनले भने, ‘ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको भए पो सप्रिनू । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ?’
प्रतिक्रिया दिनुहोस