२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली हो : प्रभु साह

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।

मुलुकको पछिल्लो अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले अहिलेको प्रणालीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उनले बताए ।

उनले जेन–जी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेन–जीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको टिप्पणी गरे ।

सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्किृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको उल्लेख गदै साहले सरकार बनेपछिको गतिविधिहरु पनि अदृष्य र सन्दीग्ध रहेको जिकिर गरे ।

वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको पनि नेता साहले बताए । साथै, उनले प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हठाउने निर्देशन दिएर अन्याय गरेको पनि धारण राखे ।

संसद् पुनस्र्थापनको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै नेता साहले फेरि गिजोल्ने काम आफूहरुको लागि स्वीकार्य नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट