जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि सतिश कुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्री थिए ।
आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस