२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बस्ने

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने तयारी गरिएको छ।

यसअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ। केन्द्रीय समिति बैठकका एजेन्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। दुवै बैठक सानेपामै हुनेछन्।

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज निरन्तरताका रूपमा बस्न लागेको हो।

असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा प्रदर्शनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका थिए। उनले उक्त बैठकमा आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए। देउवाको सम्बोधन लगत्तै बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट