२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको कार्यसूची आज बिहान ८ बजेदेखि सुरु हुँदै छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर रहने एमालेले जनाएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पहिलो दिन ५० जना केन्द्रीय सदस्यले आफ्नो मत राखेका थिए। आज बाँकी सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।

आज करिब १०० जना सदस्यले बोल्ने अनुमान गरिएको छ। यस अनुसार बैठक भोलिसम्म सकिने भनिए पनि सबैले बोल्न चाहेकाले समय थपिने सङ्केत एमाले नेताहरूले गरेका छन्।

धारणा राख्न प्रत्येक सदस्यलाई ३ मिनेट समय तोकिएको छ। समय नाघेमा माइक काटिने व्यवस्था गरिएको छ।

सबै सदस्यले धारणा राखिसकेपछि अध्यक्ष ओलीले प्रस्तुत सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने कार्यक्रम रहेको छ।

हिजोको बैठकमा ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव प्रस्तुत गरेका थिए। साथै आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने कार्यक्रम पनि उनले राखेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट