२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

फागुन २१ को निर्वाचनको तयारीबारे आयोग र दलबीच छलफल हुँदै, २९ दल सहभागी हुने

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीबारे निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ। छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय, कान्तिपथमा हुनेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ दललाई पत्र पठाएर प्रमुख वा प्रतिनिधि सहभागी हुन भनिएको छ। आयोगमा दर्ता भएका र वडास्तरमा कम्तिमा एक जना प्रतिनिधि रहेका सबै दललाई छलफलमा बोलाइएको छ।

छलफलमा आयोगले निर्वाचन तयारी, प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी दिनेछ। भट्टराईले भने, “हामीले हाम्रो तयारीबारे जानकारी दिने र दलबाट सकेसम्म धेरै सल्लाह सुझाव लिने लक्ष्य राखेका छौं।”

गत भदौ २३–२४ गतेको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको हो। निर्वाचनमा सहभागी हुन चाहने नयाँ दलहरूले कात्तिक मसान्तअघि दर्ता र प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट