२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी छाडे, राजनीतिबाटै विश्राम लिने

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले ७५ वर्षको उमेर र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ध्यानमा राख्दै राजनीति बाट अवकाश लिएको बताएका हुन्।

साहले स्पष्ट पार्दै भने, “अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ।” उनी भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए र पूर्व विज्ञान मन्त्री समेत रहिसकेका छन्।

साहले नयाँ पार्टी खोल्नेहरूलाई अभिभावकीय भूमिका खेलिदिन अनुरोध भए पनि आफू त्यस भूमिकाका लागि तयार नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट