काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
आजको बैठक जेनजी आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकको निरन्तरता हो ।
बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस