२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जेनजी आन्दोलनको भावनाअनुरुप काम गर्न अहोरात्र खट्छौँ : सञ्चारमन्त्री खरेल

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने बताएका छन् ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गरे ।

यस अवधिमा जेनजी आन्दोलनले दिएका म्यान्डेडहरु पुरा गर्न समेत ध्यान केन्द्रीत गरिने उनले बताए । उनले आफ्नो कार्यकालमा नराम्रो काम नगर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा मन्त्री खरेललाई हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट