२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कांग्रेस बैठक : फागुन २१ को चुनाव सार्नुपर्ने प्रस्ताव

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं। नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन बैशाखमा सार्नुपर्ने प्रस्ताव उठेको छ ।

बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने बताउँदै निर्वाचन मिति सार्न प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘फाल्गुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन। वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकुल बनाउन सरकारले समय पाउँछ।’

बैठकमा महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमा अहिले नेताहरूले धारणा राख्ने क्रम जारी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट