काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् ।
साथै, उनले यी तीनै जनालाई कारबाहीको माग सेमत गरेका छन् ।
बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको पनि बताए । अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, विद्या भण्डारीलाई वैकल्पिक नेता मान्दा पार्टी भित्र अन्तद्र्वन्द हुने पनि बताएका छन् । उनले भने,‘संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११ औँ महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ। विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तद्र्वन्द्व बढाउन नलागौँ।’
प्रतिक्रिया दिनुहोस