२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विद्याबारे ओली : 'म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ, माइती बनेर नआउनू'

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई जवाफ दिएका छन् ।

केन्द्रीय कमिटी बैठकको समापनमा बोल्दै अध्यक्ष ओलीले ओलीले विद्या भण्डारीको लागि कोही माइती बनेर आउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन। म विद्या भण्डारीलाई राम्रै जान्दछु। उहाँ असजिलो अवस्थामा हुनुहुँदा उहाँको उपचार गर्न निर्णय गर्न लगाएको थिएँ ।’

पूर्वराष्ट्रपति भण्डारीले नै आएर आफूलाई सघाउनुपर्ने ओलीको जबाफ थियो।

‘म उहाँको अप्ठ्यारो बेलाको साथी हुँ। कसैले यहाँ ठूलो कुरा नगरौं। म सजिलो हेलाँको होइन, असजिलो हेलाँको साथी हुँ,’ उनले भने।

त्यस्तै, उनले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट