२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अब पूरानै शैलीले कांग्रेसलाई अघि बढाउन सकिँदैन — डा. डिला संग्रौला पन्त

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पार्टीले बदलिएको समय र नयाँ पुस्ताको भावना आत्मसात् गर्न नसके मुलुकमा नेतृत्व गर्ने योग्यता गुमाउने चेतावनी दिएकी छिन्।

शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले जेनजी पुस्ताले सार्वजनिक गरेको ९ बुँदे अपिललाई ‘परिवर्तनको अनिवार्य आवाज’ भन्दै त्यसलाई गम्भीरतापूर्वक लिन पार्टी नेतृत्वसँग आग्रह गरिन्।

उनले भनिन्, “पूरानै शैली र प्रवृत्तिबाट अब कसैले पनि नेतृत्व गर्न सक्दैन। पार्टीलाई आधुनिक, जीवन्त र युवामैत्री बनाउन आजै दृढ संकल्प गर्नुपर्छ।”

डा. पन्तले पार्टीभित्र सुशासन र जवाफदेहीता कायम गर्न तत्काल ‘आन्तरिक सुशासन आयोग’ गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारिन्। उक्त आयोगले जनप्रतिनिधिहरूको कार्यशैलीको समीक्षा गरी मापदण्डका आधारमा अनुगमन, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।

उनले कांग्रेसलाई पुनः जनताको विश्वास जित्न “भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी” दलका रूपमा रूपान्तरण गर्नुपर्ने बताइन्।

डा. पन्तले भदौ २३ र २४ गतेका जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै दोषी जो कोही भए पनि छानबिन गरी कारबाहीको माग गरिन्। उनले भनिन्, “त्यो समयमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको भए क्षति कम हुने थियो।”

शान्ति सुरक्षाको कमजोर स्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले पाँच हजारभन्दा बढी फरार कैदीबन्दी, हातहतियार लुटपाट र आपराधिक गतिविधि बढ्दै गएको उल्लेख गरिन्। उनले सरकार र पार्टी दुबै पक्षले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट