२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

शनिवार , कार्तिक १, २०८२

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । असोज २८ गतेदेखि प्रारम्भ भएको बैठक आज पनि दिउसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुन लागेको हो । हालसम्म बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।

यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी,

सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट